प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने प्रत्येक व्यक्तिले देहायका कुराहरूको पालना गर्नु पर्नेछ:-
(क) निकुञ्जभित्र प्रवेश गरेपछि आफ्नो वा आफ्ना साथमा जाने पथप्रर्दशक, भरिया, भान्छे वा अन्य व्यक्तिले प्रयोग गरेका खानेकुराहरुका बट्टाहरू, मादक पदार्थ वा अन्य वस्तुका शिशीहरू, फिलिमका रोलका बट्टाहरू, प्याक गर्ने कागजपत्रहरू, प्लाष्टिकका थैलाहरू, अक्सिजनका भाँडा वा सिलिण्डर, अन्य कुनै किसिमका भाँडाहरू वा अन्य फ्याँकिने सरसामग्रीहरू संरक्षक वा निकुञ्जका अन्य कुनै कर्मचारीले तोकेको ठाउँमा फाल्नु पर्नेछ ।
(ख) निकुञ्जभित्र आफ्नो र आफ्नो साथमा जाने पथप्रदर्शक, भरिया, भान्छे वा अन्य कुनै व्यक्तिको दैनिक उपयोगको लागि चाहिने काठ, दाउरा, स्याउला र पालको किला वा कुनै अन्य प्रयोजनको लागि चाहने काठ निकुञ्जभित्रको झाडी, बुट्यान वा ढलेको रुख वा खडा रुख समेतबाट प्रयोग गर्न हुँदैन र त्यस्तो काठ दाउरा स्थानीय व्यक्तिबाट खरिद पनि गर्न हुँदैन ।
(ग) निकुञ्जभित्र प्रवेश गर्दा आफ्नो र आफ्नो साथमा जाने पथप्रदर्शक, भरिया भान्छे वा अन्य कुनै व्यक्तिको लागि पर्याप्त मात्रामा चाहिने मट्टितेल, ग्याँस, पेट्रोल वा अन्य यस्तै इन्धन निकुञ्जभित्र प्रवेश गर्ने बखतमा आफूसंग साथमा हुनु पर्नेछ ।